अफगानिस्तानमा पनि सुन्तलाको सिजन सुरु

अफगानिस्तानमा पनि सुन्तलाको सिजन सुरु

अहिले अफगानिस्तानमा यो वर्षको सुन्तलाको सिजन सुरु भएको छ । नान्गाहार प्रान्तको बाटीकोट जिल्लाको एउटा बगैँचामा किसानहरु सुन्तला धमाधम टिपिरहेका छन् ।

पूर्वी प्रान्त नान्गाहारमा २ सय ७० एकड जमिनमा यो वर्ष थप सुन्तला उत्पादन भएको छ । सुन्तलाको बिरुवा लगायतका खेतीले कृषकलाई उच्च आम्दानी दिलाएको छ । यसका साथै प्रदेशमा प्रशस्त ठाउँमा हरियाली देखापरेको छ ।सुन्तला र कागतीमा सन् २०२० को तुलनामा यो वर्ष १२ हजार टनभन्दा बढीको उल्लेखनीय वृद्धि भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू