कोरोनाबाट युवायुवती पनि सिकिस्त
पछिल्लो समय युवायुवतीमा समेत कोरोनाको जोखिम ह्वात्तै बढेको छ । केही दिनयता २१ देखि ३० वर्षको उमेर समूहका युवायुवतीलाई कोरोनाले च्यापेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४८ जना युवायुवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २१ जना किशोर किशोरीमा संक्रमण देखिएको हो । १० वर्षमुनिका तीन जना संक्रमित थपिएका छन् ।
आज कोरोना संक्रमणबाट मुलुकभर कसैले पनि ज्यान गुमाउनु परेको छैन् । पछिल्लो २४ घण्टाको अवधिमा दुई सय ४१ जना संक्रमित थपिएका छन् । उक्त संख्या आठ हजार आठ सय ९७ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।
यो अवधिमा दुई सय २८ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै चार हजार आठ सय ७१ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ९० पुगेको छ ।
आज काठमाडौंमा सात सय ७६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय १० र ललितपुरमा छ सय पाँच जना संक्रमित रहेको बताइएको छ ।
टिप्पणीहरू