अध्यक्षमण्डलका सदस्यमाथि कारबाहीको माग उठेपछि माओवादी बन्दसत्रमा विवाद

अध्यक्षमण्डलका सदस्यमाथि कारबाहीको माग उठेपछि माओवादी बन्दसत्रमा विवाद

नेकपा (माओवादी केन्द्र) को जारी बन्दसत्रमा अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेलमाथि कारबाही गर्नुपर्ने माग उठेपछि विवाद भएको छ ।

प्रदेश २ का टोली नेता सत्यनारायण भगतले समूहगत निश्कर्ष सुनाउने क्रममा पोखरेल लगायतमाथि कारबाही हुनुपर्ने माग गरेपछि विवाद चर्किएको हो ।

आफूमाथि कारबाहीको माग उठेपछि असन्तुष्टि जनाउँदै पोखरेल बिहीबारको बन्दसत्रमै अनुपस्थित रहेको बताइएको छ । माओवादी स्थायी कमिटिका सदस्य पोखरेल र भगत दुबै प्रदेश २ का नेता हुन् ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालीन एकता केन्द्रबाट माओवादीमा आएका पोखरेलको समूह र जनयुद्ध लडेका पुराना नेताहरुबीच त्यहाँ लामो समयदेखि विवाद छ ।

पोखरेलमाथि धनुषामा रहेको जनयुद्धका सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप समेत लाग्दै आएको छ । पोखरेलले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

सोही विषयलाई लिएर भगतले पोखरेललाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

टिप्पणीहरू