मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता

मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता

मिर्गौला फेरेका बिरामीलाई आर्थिक सहयोग गरिने भएको छ । चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने बताएको हो । नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बिरामीलाई औषधिको खर्चस्वरुप आर्थिक सहायता उपलब्ध गराउन लागिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले मासिक सेवन गर्ने औषधि खर्चलाई हेरेर आर्थिक सहायतास्वरुप रकम प्रदान गर्ने तयारी गरिएको हो ।

चालु आर्थिक वर्ष रकम कम भएमा आगामी वर्षदेखि बजेट बढाउँदै मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक भत्ता दिइने नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

टिप्पणीहरू