प्रचण्ड बोल्न थाल्नुभो

प्रचण्ड बोल्न थाल्नुभो

काठमाडौँमा जारी नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनमा आफ्नो प्रतिवेदनमाथि प्रतिनिधिहरुको टिप्पणी, सुझाव र जिज्ञासामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्नुभएको छ ।

सोमबारदेखि आरम्भ भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नेता देव गुरुङले अन्तरिम विधान मस्यौदा पेश गर्नुभएको थियो ।

मंगलबार दिनभर र बुधबार आधा दिनसम्म २५ वटा समूह बनाएर प्रतिनिधिहरुले छलफल गरेका थिए । बुधबार र बिहीबार टोली नेताहरुले आ–आफ्नो समूहको निश्कर्ष प्रस्तुत गर्दै दुबै प्रतिवेदनमाथि सुझाव राखेका थिए ।

प्रचण्डको प्रतिवेदनमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र राम कार्कीले पूरक प्रस्ताव राखेका छन् । युवा नेता लेखनाथ न्यौपानेले फरक मत दर्ज गरेका छन् । त्यसमा पनि प्रचण्डले जवाफ दिनुहुने जनाइएको छ ।

त्यसअघि महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमै स्थायी समिति बैठक बसेको थियो । प्रतिवेदनमा उठेका जिज्ञासाका जवाफ र नयाँ नेतृत्व चयनबारे बैठकमा छलफल भएको बताइएको छ ।

आज प्रचण्डले जवाफ दिइसकेपछि महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्ने छ ।

टिप्पणीहरू