माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गर्नुभएको छ ।

काठमाडौंमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा प्रचण्डले सबै तहका निर्वाचनपछि विशेष महाधिवेशन गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले प्रतिनिधिहरुबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न विशेष महाधिवेशन आवश्यक हुने बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘सबैका सुझाव समेटेर देशमा हुने सबै तहका निर्वाचनपछि विशेष महाधिवेशन आयोजना गर्छौं । त्यहीँबाट अहिले पेश भएको दस्तावेजलाई सापेक्षित पूर्णता दिइनेछ । तर खास समेट्न पर्ने कुरा अहिले नै समेटेर लैजानेछौं ।’

जारी महाधिवेशनले विचारको बहस थालनी गरेको भन्दै उहाँले विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने बताउनुभयो ।

टिप्पणीहरू