सेनाका ठूलाबडा सँधै उमेर सच्याउने सुरमा

सेनाका ठूला अधिकृतहरुमा वास्तविक उमेर सच्याउने,जागिर लम्ब्याउने,पाए बढुवा खाने नपाए घर जाने एउटा दीर्घ रोग झैँ भएको छ । पछिल्ला दिन उक्त प्रवृत्तिमा केही कमी आए पनि फेरि त्यो रोग बल्झिएको हो ।

अहिले सेनाको पश्चिम कमाण्ड सुर्खेतमा कार्यरत प्रेम शाहीले त्यहि योजना बनाएको हल्ला हुन थालेको छ । पहिले उनी जङ्गी अड्डामा अपरेशन चिफ थिए । विगतमा उमेर सच्याएको विवादमा आफैँले मुद्दा हाले जुन अझै सर्वोच्चमा बिचाराधीन छ र उनको जागीर पनि एक वर्ष बाँकी छ ।

डोटी घर भएका प्रेम शाही सुदूर पश्चिमको भेगीय नाता जोडेर डडेलधुराका प्रधानमन्त्री शेरबहादुर देउवाको दैलो धाउन थालेका हुन् । उमेर सच्चिएमा थप दुई वर्ष लम्बिने भएकाले शाही कम्मर कसर अघि सरेको समकालीनहरु बताउँछन् ।

त्यो काम गर्न उनले देउवाका पूर्व एडिसी अनन्त कार्कीको साथ लिएर हिँडेको देखिएको भन्नेहरु थुप्रै छन् । उनीहरु भैरवनाथ गणदेखिकै जिग्री हुन् ।

भक्तपुरे कार्कीले एमाले नेता महेश बस्नेतको साथ लिएर सेनाको रोलक्रम मिलाउन अनेक योजना बुनेका थिए । काँग्रेस सभापति देउवालाई सत्तामा आउन नदिन त्यतिबेलाका प्रधानसेनापति पूर्णचन्द्र थापाको कान भरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीलाई मनाएर भारतमा बिपिन रावत झैं थापालाई चिफ अफ डिफेन्स स्टाफ बनाउने अनि सेनापतिमा रोडम्याप सोझ्याउने कार्कीको योजना रहेको त्यतिबेला निकै चर्चा थियो ।

यता कार्कीले भने केही सातादेखि जताततै हारगुहार गरिरहेको देखिन्छ । स्टोनलगायतको उपचारनिम्ति भारत जान लागेका अहिलेका चिफले आँट भए म्याद थप्दैनन् भन्दै स्रोतले उल्लेख गरेको छ, ‘थपे उनी पनि उस्तै रहेछन् भनिन्छ ।’

उता बर्दबहादुर गणका राजीव थापा यसअघिका सेनापति पूर्णचन्द्रका नातेदार पनि हुन् । माघ अन्तिममा अन्तिम डफ्फाको फ्लाइटमा उनी लेबनानबाट स्वदेश फर्किंदै छन् ।

उनी सबैतिरको कुरो मिलाएपछि मात्रै स्वदेश फर्किने चाँजोमा रहेको दाबी गरिएको छ । लागेको आरोपमा कारवाही हुने आशंकामा कम्तिमा एक महिना भए भने पनि खुलेर हिँड्न पाउने भन्दै उनी अन्तिम डफ्फामा आउन लागेका हुन् ।

टिप्पणीहरू