स्टेजमै कुटिए ‘राई इज किंग’

स्टेजमै कुटिए ‘राई इज किंग’

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कुटिएका छन् । न्यूयोर्कमा आयोजित ‘न्यू इएर इभ २०२२’ को सांगितिक कार्यक्रममा उनी कुटिएका हुन् । स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट बिस्तारै आएका एक दर्शकले घाँटी समातेर उनीमाथि कुटपिट गरेका हुन् ।

स्रोतकाअनुसार गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक केही पहिले रक्सीले मातिएर बेलाबेला हो–हल्ला गरिरहेका थिए । आयोजक समितिका सदस्यहरू उभिरहेको कुनाबाट स्टेजमा चढेर ती व्यक्तिले राईलाई पिटेको दर्शकले बताएका छन् । त्यसपछि आयोजक र दर्शकले राईलाई स्टजमै पुगेर थप कुटिनबाट जोगाएका हुन् ।

‘अञ्जानमा भूल भयो कि’ गीत गाइरहेका बेला राईमाथि रक्सी पिएका एक दर्शकले स्टेजमा उक्लिएर हातपात गरेको आयोजक समितिका एक सदस्यले स्वीकारेका छन् ।

लगतै राईका सकर्थकहरूले ‘ओए… को–हो–यो मान्छे ? त्यसलाई मार..मार त्यसलाई मार’ भनेको भिडियोमा प्रष्टै सुनिन्छ । राई कुटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

टिप्पणीहरू