माओवादी प्रतिनिधिहरु नाचगानमा झुम्दै

माओवादी प्रतिनिधिहरु नाचगानमा झुम्दै

काठमाडौँमा जारी नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको आठौँ दिन बन्दसत्र स्थगित भएपछि प्रतिनिधिहरु सांगीतिक मनोरन्जनमा व्यस्त भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान हलमा फुर्सदिला प्रतिनिधिहरुलाई गायक तथा संगीतकार चेतन सापकोटाले संगीतमार्फत मनोरन्जन गराएका हुन् ।

महाधिवेशन प्रतिनिधिसमेत रहेका सापकोटाले ‘गणतन्त्र ल्याउने माओवादी हो’ बोलको गीतमा बन्दसत्र हललाई जुरुक्कै उचालेका छन् । बन्दसत्र हलमा खचाखच भरिएका महाधिवेशन प्रतिनिधिहरु मुट्ठी उठाएर गीतमा झुमिरहेका छन् ।

नेतृत्व चयनमा सहमति जुटाउन भन्दै बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधनसहित पुन: प्रकाशन गरेको छ ।

टिप्पणीहरू