अमेरिकी पेस्तोल र लागुपदार्थ बोक्ने पक्राउ

अमेरिकी पेस्तोल र लागुपदार्थ बोक्ने पक्राउ

तराईमा पछिल्लो केही सातादेखि अमेरिकी स्वचालित पेस्तोल बोकेर हिँड्नेहरु भेटिन थालेका छन् । दुई हप्ताको बीचमा सुनसरी र बारापछि महोत्तरीमा पनि त्यस्तो हतियार बोक्ने फेला परेका हुन् ।

हिजो साँझको समयमा महोत्तरीको लोहारपट्टीमा सशस्त्र प्रहरी बलको टोलीले एक जनाको साथबाट पेस्तोल र लागुऔषध फेला पारेको हो । सशस्त्रको खुट्टा पिपरादी बेशका सई नीलहरी दाहालको कमाण्डमा खटिएको पाँच जनाको टोलीले स्थानीय २४ वर्षे मोहम्मद राजा कवारीको साथबाट हतियार र लागुपदार्थ बरामद गरेको हो ।

कवारीको शरीर खानतलासी गर्दा अमेरिकामा बनेको पेस्तोल, ९ एमएमको गोली एक थान र नाइट्राभेट १० थान फेला परेको हो । उनीसँग रहेको एक थान मोबाइल समेत बरामद गरेर सशस्त्रले कवाडीलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ ।

टिप्पणीहरू