चिसो पस्यो पर्सामा, विद्यालय ठप्प

चिसो पस्यो पर्सामा, विद्यालय ठप्प

चिसोका कारण पर्साको एक स्थानीय तहका सबै विद्यालय बन्द गरिएको छ । शीतलहर शुरु भएपछि जिराभवानी गाउँपालिकाले आजदेखि एक साताका लागि शैक्षिक संंस्था बन्द गर्ने निर्णय गरेको हो ।

चिसोबाट बालबालिकालाई जोगाउन यस्तो निर्णय गरिएको गाउँपालिकाले बताएको छ । चिसोले विद्यार्थीमा स्वास्थ्य समस्या उत्पन्न हुने देखिएका कारण पालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्नुपरेको गाउँपालिकाको भनाइ छ ।

यता,चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री वितरण गरेको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल,झुल,छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।

टिप्पणीहरू