प्याव्सन पाँचथरको अध्यक्षमा भट्टराई

प्याव्सन पाँचथरको अध्यक्षमा भट्टराई

नीजि विद्यालयहरुको छाता संस्था नीजि तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याव्सन) को दशौं पाँचथर अधिवेशनबाट चन्द्रप्रसाद भट्टराईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमित चयन भएको छ ।

शनिवार फिदिममा भएको अधिबेशनले भट्टराईलाई अध्यक्ष निर्वाचित गरेको हो । त्यस्तै, नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवीन ओझा, सचिवमा गणेश भण्डारी, सहसचिवमा पाङहाङ योङहाङ छानिएका छन् ।

कोषाध्यक्षमा समिता लावती र सदस्यहरुमा लक्ष्मी प्रसाद मिश्र, इन्दिरा मेयोङवा, खगेन्द्र राई, अनुज भट्टराई, डि.बि गुरुङ, कृष्ण बस्नेत, मनकुमार राई ,किङगा घिसिङ सर्वसहमत चयन भएका छन् ।

टिप्पणीहरू