नेम्वाङ बने काँग्रेस निकट कर्मचारी नेता

नेम्वाङ बने काँग्रेस निकट कर्मचारी नेता

नेपाल निजामती कर्मचारी युनियन पाँचथरको आठौं जिल्ला अधिवेशनले कर्णहाङ नेम्वाङको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।

नेपाली काँग्रेस निकट कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियनको सदरमुकाम फिदिममा भएको अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद बाँस्कोटा, कुमारी तामाङ र राजेशकुमार मिश्र छानिएका छन् ।

सचिवमा सुजन बाँस्कोटा, रमेशचन्द्र दहाललाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्षमा गोविन्द सुवेदी निर्वाचित भएका छन् । सदस्यहरुमा सुवास दाहाल,शान्तिराम तिम्सिना, उमेश शाह, हरिप्रसाद बाँस्कोटा, वासुदेव घिमिरे, मुना राना र सुविता थाम्सुहाङ सर्वसम्मत भएका छन् ।

राजेश मिश्र, लीलाबहादुर बिष्ट र सुजेनहाङ नेम्वाङलाइ महाधिवेशन प्रतिनिधि भएका छन् । अधिवेशनको उद्घाटन नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरका सभापति रुपनारायण जबेगुले गरेका हुन् ।

टिप्पणीहरू