पाँचौ जिल्लासभा सुरु

पाँचौ जिल्लासभा सुरु

पाँचथर जिल्ला समन्वय समितिको पाँचौं जिल्लासभा हिजो उद्घाटन भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख एवम् सदस्यहरू, फिदिम नगरपालिकाका प्रमुख तथा उपप्रमुख र सात वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहभागी रहेको उक्त सभाको पूर्वमन्त्री तथा सांसद वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्दै नेम्वाङले अब आर्थिक कान्तिको बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सभा पाँचौं सभा मात्र होइन स्थानीय सरकारको समीक्षाको समय पनि हो । जनताले सरकारसँग गरेको गुनासो नभएर जनताको आकांक्षा हो ।’

समारोहमा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेकपा एमालेका जिल्ला सचिव धनकुमार फियाक, नेपाली काँग्रेसका जिल्ला सभापति रुपनारायण जबेगु, जनता समाजवादी पार्टीका जिल्ला सचिव कमलराज नेम्वाङ, राष्ट्रिय लोकतान्त्रिक मञ्चका जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल, जिल्ला सहकारी संघका अध्यक्ष रेणु ओझा, नेपाल पत्रकार महासंघका अध्यक्ष गिरिराज बाँस्कोटाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

बन्दसत्रमा जिल्ला समन्वय समितिका गतिविधि तथा आगामी नीति कार्यक्रमकाबारे छलफल गरिने जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विमल सापकोटाले जानकारी दिनुभएको छ । कार्यक्रममा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

टिप्पणीहरू