माओवादी नेतामाथि अर्को नेता मारेको आरोप

माओवादी नेतामाथि अर्को नेता मारेको आरोप

क. मालिक (राम अयोधी) यादवको हत्यामा क. महेन्द्र पासवानका भतिजा रामकिशोरलगायत व्यक्तिहरु संलग्न रहेको र उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नुपर्नेछ ।

एकीकृत नेकपा (मा.) को भातृसंगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मिथिला मधेश राज्य संयोजक तथा पार्टी राज्यसमिति सदस्य क. रामअयोधी यादवको हत्यामा संलग्न पार्टीका सीसीएम तथा सभासद महेन्द्र पासवानको भतिज रामकिशोर पासवान हो ।

उहाँको हत्यामा संलग्न सम्पूर्ण व्यक्तिहरुले कमरेड महेन्द्र पासवानको सहयोग पाइरहेको स्पष्ट छ । ती हत्याराहरु माडरमा पक्राउ पर्दा र थुनामा बस्दा पनि पटक–पटक उहाँले पदीय दुरुपयोग गरी तिनलाई भेटेको र छुटाउनलाई पहल पनि गरेको हो ।

रामकिशोर पासवानले भूमिगत कालमा हाम्रा होनहार कार्यकर्ता कमरेड गौरी साह, क. दिलिप यादव, क. हजारी यादवलगायत कैयौं कमरेडलाई प्रत्यक्ष सुराकी गरी हत्या गराएको हो र यसैको विरुद्धमा पार्टीबाट कुनै योजना हुँदा कुनै न कुनै रुपले ऊ बाँच्न सफल हुन्थ्यो ।

प्रत्यक्ष के बुझ्न सकिन्छ भने वार्ताप्रक्रिया दुई÷तीनपटक हुँदा पनि पहिलो, दोस्रो वार्ता भंग हुँदा ऊ फेरि सेनाकै क्याम्पमा गई जनयुद्धविरुद्ध भूमिका खेल्थ्यो र जनतालाई दुःख दिने काम गथ्र्यो ।

यसमा क. महेन्द्र पासवानको ऊप्रतिको धारणा पहिले पनि अहिलेजस्तै सकारात्मक रहन्थ्यो र शान्तिप्रक्रियामा आउँदा चुनावसम्म क. महेन्द्र पासवानको अंगरक्षककै रुपमा काम गर्दै आएको हो । कांग्रेस–एमालेका गुण्डाहरु मिली विभिन्न घटनामा प्रत्यक्ष संलग्न रही काम गर्न थाल्यो । प्रत्यक्ष उदाहरण जनतासामु छर्लंग छ ।

क. महेन्द्र पासवानको यस्ता क्रियाकलापले जिल्ला पार्टीमै ह्रास र अन्योल छाएको छ । त्यसैले यस्ता गलत व्यक्तिलाई पार्टी केन्द्रले कारवाही गरोस् भन्ने जिल्ला पार्टीले माग गर्ने निर्णय भएको छ ।

टिप्पणीहरू