सर्लाहीका विद्यालय पनि बन्द
चिसोको कारण सर्लाहीको एक नगरपालिकाका सबै विद्यालय बन्द गरिएको छ । शीतलहर शुरु भएपछि लालबन्दी नगरपालिकाले आजदेखि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै आजदेखि नगरक्षेत्रका सबै विद्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
शीतलहर र कठ्याङ्ग्रिने चिसोको कारण बालबालिकालाई विद्यालय जान समस्या भएपछि पुस ३० गतेसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।
वर्षे बिदाबाट कट्टी हुने गरि पालिकाले बिदाको घोषणा गरेको हो । लालबन्दी नगरपालिकाभित्र ४८ वटा सामुदायिक र २८ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
टिप्पणीहरू