गठबन्धनलाई जिताउन नेकपा समाजवादीको पहल

गठबन्धनलाई जिताउन नेकपा समाजवादीको पहल

नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा आफ्ना र पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आ–आफ्नो ठाउँमा खट्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । आज काठमाडौँमा बसेको कार्यालय बैठकले यस्तो निर्देशन दिएको हो ।

अध्यक्ष माधव नेपालसहितको उपस्थितिमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनलाई ध्यानमा राखेर सातै प्रदेशमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय समेत गरेको छ । साथै, पार्टीका सबै कमिटी, नेता–कार्यकर्ता र जनवर्गीय संगठनका पदाधिकारी एवम् सदस्य सबैलाई गठबन्धनका उमेदवारहरुलाई अत्याधिक मतले विजय गराउन आ–आफ्नो ठाउँबाट अनिवार्य र सशक्त रुपमा परिचालित हुन निर्देशन बैठकले दिएको छ ।

प्रदेश इञ्चार्ज वा अध्यक्षको नेतृत्वमा गठन हुने परिचालन कमिटीहरुले पाँचदलीय गठबन्धन संयन्त्रसँग समेत समन्वय गर्दै साझा उमेदवारहरुको विजयलाई सुनिश्चित गर्न गराउन निर्देशन दिने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले जानकारी दिनुभएको छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । १९ सीटका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणीहरू