प्रचण्ड घरबेटीसहित सपरिवार हात्तीवनमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिजो दिउँसो हात्तीवन पुग्नुभएको छ । निकै बिरामी श्रीमती सीता दाहाललाई लिएर उहाँ गए राति वास बस्न त्यता जानुभएको हो ।
हिजो दिउँसो साढे २ बजेको हाराहारीमा रिसोर्ट पुग्नुभएका दाहालको साथमा कान्छी छोरी गंगा र ज्वाईंसमेत रहेको सचिवालयका रमेश मल्लले जानकारी दिए । साथमा खुमल्टारका घरबेटी तथा बाटो बनाउने ठेकेदार शारदा अधिकारीसमेत रहेकोसमेत मल्लले बताए ।
टोलीले हिजो दिउँसो स्न्याक्स, डिनर र अहिले बिहानको ब्रेकफास्ट लिएको छ । अब केही बेरपछि राजधानी शहर फर्कने कार्यक्रम रहेको छ ।
महाधिवेशन र एमसीसीको तनावबाट केही क्षण विश्राम लिन अध्यक्षले शान्त ठाउँ खोज्दै हात्तीवन रिसोर्ट रोज्नुभएको माओवादी स्रोतको दाबी छ ।
टिप्पणीहरू