चिसो बढेपछि अस्पतालमा बिरामीको चाप

चिसो बढेपछि अस्पतालमा बिरामीको चाप

तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ । भैरहवा र बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइडका बिरामी बढेका हुन् ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् ।

चिसोका बिरामीमा खोकी, ज्वरो, पखालाका लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताउनुभयो ।

चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवालगायत अस्पतालमा पुस लागेसँगै रुघाखोकी, निमोनिया र टाईफाईडका बिरामी बढेका छन् ।

टिप्पणीहरू