पृथ्वीजयन्ती मनाउन स्याङ्जामा दबाब

पृथ्वीजयन्ती मनाउन स्याङ्जामा दबाब

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रमसहित मनाउन माग गरिएको छ । विश्व हिन्दु युवा संघ स्याङ्जाले दिवस मनाउन सरकारसँग माग गरेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै पृथ्वीजयन्तीलाई एकता दिवसका रूपमा मनाउन संघका अध्यक्ष नवराज पौडेलले आग्रह गरेका हुन् ।

संघका पदाधिकारीहरू वालिङ इलाका प्रशासन कार्यालयमा पुगेर आग्रहपत्र बुझाएका छन् । उनीहरूले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका छन् भने विशेष कार्यक्रम आयोजना गर्न भनेका छन् ।

गोरखा नगरपालिकाले भने पुस २७ गते सार्वजनिक बिदा घोषणा गरिसकेको छ । सो दिन बिदा दिन हिन्दु धर्म र राजसंस्थासँग आस्था राख्ने विभिन्न संघसंस्थाहरूले सरकारलाई दबाब दिइरहेका छन् ।

टिप्पणीहरू