ड्रयागन फ्रुट्समा पनि कोरोना सल्क्यो

ड्रयागन फ्रुट्समा पनि कोरोना सल्क्यो

चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाइरसको संकेत देखिएपछि चच्याङ र चियाङ्सी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् ।

भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाइरसका नमूनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादनहरुमा आपतकालीन जाँच गर्न थालेका छन् ।

साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । डिसेम्बरको अन्तिम साता ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले यसअघि सो फल २६ जनवरीसम्म चीनमा आयात गर्न प्रतिबन्ध लगाइएको थियो ।

चीनमा आगामी फेब्रुअरीमा हिउँदे ओलम्पिक हुँदैछ । ओलम्पिकअघि कोभिड संक्रमणलाई शून्यमा झार्ने चीन सरकारको लक्ष्य छ ।

टिप्पणीहरू