प्रजातन्त्र दिवसका दिन समाजवादी पत्रकार भेला

प्रजातन्त्र दिवसका दिन समाजवादी पत्रकार भेला

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सम्बद्ध समाजवादी प्रेस संगठनले राष्ट्रिय भेला बोलाएको छ । संगठनको आज बसेको बैठकले फागुन ७ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय तदर्थ (संस्थापक) समितिका पदाधिकारीलाई पूर्णतासमेत दिएको छ । यसअघि असन्तुष्ट रहेका संस्थापक नेताहरूलाई समेट्दै पदाधिकारीलाई पूर्णता दिने निर्णय बैठकले गरेको हो ।

जसअनुसार उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, बुद्धवीर बाहिङ राई, शन्तराम बिडारी, तीर्थराज सिग्देल, नवराज छत्कुली, श्रीराम सिग्देल, विकास बञ्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर रहेका छन् ।त्यस्तै, महासचिवमा भूपराज खड्का चयन भएका छन् । उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवर रहेका छन् भने कोषाध्यक्ष कृष्णराज गौतम तथा सचिवमा गोविन्दप्रसाद चौलागाईं, सुभाषप्रसाद साह र उत्तरसिंह विष्ट रहेका छन् ।

गत कात्तिक २७ गते पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा केन्द्रीय कमिटी घोषणा भएको थियो ।

आज सम्पन्न बैठकले संगठनको विधान मस्यौदा तयारी समिति पनि गठन गरेको छ । १५ दिनभित्र विधान मस्यौदा तयार गरिसक्ने गरी महासचिव भूपराज खड्काको संयोजकत्वमा उपमहासचिवत्रय एलन, वाग्ले, कुँवर र सदस्य जीवन बीसी रहेको पाँच सदस्यीय समिति गठन गरेको हो ।

तत्काल उपलब्ध पदाधिकारीको बैठक बसी राष्ट्रिय भेलाको कार्ययोजना र कार्यतालिका बनाउने निर्णय समेत बैठकले गरेको छ ।

टिप्पणीहरू