वरभञ्ज्याङका आगलागी पीडितलाई राहत प्रदान

वरभञ्ज्याङका आगलागी पीडितलाई राहत प्रदान

पाँचथरको फालेलुङ गाउँपालिका ६, वरभञ्ज्याङका आगलागी पीडितलाई प्रारम्भिक चरणको राहत प्रदान गरिएको छ । फालेलुङ गाउँपालिका, वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी पाँचथर र पाँचथर उद्योग वाणिज्य संघले पीडित आठ परिवारलाई राहत प्रदान गरेको हो ।

आगलागीबाट जीतबहादुर मेयोङ्बा, रामजीत राई र मनबहादुर चाम्लिङको घर जलेको छ । ती घरमा व्यवसाय गर्दै आएका धनप्रसाद राई, महेन्द्र राई, सुरेन्द्र राई, कृष्ण राई र धर्मराज केरुङ विस्थापित भएका छन् । उनीहरुको पसल समेत जलेर खरानी भएको छ ।

घरधनीसहित उक्त घरमा व्यवसाय गर्दै आएका पीडित परिवारलाई राहत प्रदान गरिएको हो । रेडक्रसले त्रिपाल, कम्बल, भान्छाका सामाग्री प्रदान गरेको छ ।

गाउँपालिका र वडा कार्यालयले दुई बोरा चामल, दुई थान कम्बल, तीन थान सिरक, दाल, नुन, तेल, भान्छाका सामाग्री, त्रिपाल, म्याट बितरण गरेका छन् । वडाध्यक्ष सुजता वान्तवाले उक्त राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।

उनीहरुलाई पाँचथर उद्योग वाणिज्य संघले पनि पीडित परिवारलाई राहत प्रदान गरेको छ । संघले एक बोरा चामल, एक केजी नुन र एक लिटर खानेतेल प्रदान गरेको संघका कार्यकारी अधिकृत भीम कार्कीले बताए ।

टिप्पणीहरू