राष्ट्रियसभालाई बाँडियो चुनाव चिन्ह,आचारसंहिता लागु

राष्ट्रियसभालाई बाँडियो चुनाव चिन्ह,आचारसंहिता लागु

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रतिष्पर्धामा उत्रिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रियसभाको १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको जानकारी दिएको छ । आयोगका अनुसार ३ जना निर्वाचित हुने प्रदेश १ बाट ८ र २ जना निर्वाचित हुने प्रदेश २ बाट ५ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, २ जना निर्वाचित हुने बागमती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ भने ३-३ जना निर्वाचित हुने गण्डकी र लुम्बिनी प्रदेशबाट ६-६ जना उम्मेदवार छन् । ३-३ जना नै निर्वाचित हुने कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि ६-६ जनाकै उम्मेद्वारी परेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

आयोगले आजदेखि निर्वाचन आचार संहिता लागू हुने पनि जानकारी गराएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता,पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२ सोमबारबाट लागू हुने आयोगको भनाइ छ ।

टिप्पणीहरू