एअरपोर्टमा ‘भिजिटर पास’ बन्द
कोरोना संक्रमण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिटर पास वितरण बन्द गरिएको छ । कोरोनाको जोखिमलाई दृष्टिगत गरी अति जरुरी अवस्थामा बाहेक पास वितरण बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयले कोरोनाको जोखिम बढेकाले भीडभाड नगर्न पनि आग्रह गरेको छ । साथै विमानस्थलबाट यात्रा गर्दा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको परिपालना गर्नसमेत यात्रु तथा सम्बन्धित सरोकारलावालाई कार्यालयले अनुरोध गरेको छ ।
विमानस्थलमा स्थान अभावका कारण जरुरी अवस्थामा बाहेक बिदाई र स्वागतका लागि विमानस्थल नआउन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
टिप्पणीहरू