परराष्ट्रमन्त्रीसँग पाकिस्तानी राजदूतको भेट
परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले शिष्टाचार भेट गर्नुभएको छ । हिजो दिउँसो मन्त्रीसँग राजदूत साहले परराष्ट्र मन्त्रालयमा भेट गर्नुभएको हो ।
भेटघाटमा मन्त्री र राजदूतबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र सहकार्यका बारेमा विचारविमर्श भएको छ ।
उहाँहरुबीच दुई देशबीचको सुमधुर आपसी सम्बन्धलाई थप बलियो बनाउन आवश्यक पहल गर्ने सम्बन्धमा पनि कुरा भएको बताइएको छ ।
टिप्पणीहरू