स्याङजामा ग्यास गिजरमा नुहाएकी महिला बितिन्

स्याङजामा ग्यास गिजरमा नुहाएकी महिला बितिन्

स्याङ्जामा नुहाउने क्रममा निसास्सिएर एक महिलाको मृत्यु भएको छ । गल्याङ नगरपालिका ३, लल्याङ बस्ने ३२ वर्षीया सुनिता भट्टराईको आफ्नै घरको बाथरुममा ग्यास गिजरको प्रयोग गरी नुहाउने क्रममा निसास्सिएर मृत्यु भएको हो ।

नुहाउन बाथरुम छिरेको लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तहरुले ढोका फुटाएका थिए । सोहीक्रममा उनी बेहोस अवस्थामा बाथरुमभित्र फेला परेकी थिइन् ।

लगतै उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । तर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू