अन्तर्घातलाई कामरेडी आमन्त्रण
- पुुष्पलाल पाण्डे
दमक उद्योग वाणिज्य संघ, चितवन उद्योग वाणिज्य संघ र टे«किङ एजेन्ट एसोसिएसनको मत परिणामसँगै नेकपाभित्र अन्तर्घातको छायाँ छर्लंग भएको छ । ०५१ सालको मध्यावधि निर्वाचनका बेला मेरो पुस्ताले अन्तर्घात शब्द पहिलो पटक सुनेको हो । त्यसताका छत्तिसे र चौहत्तरेमा विभक्त भएर एकले अर्को समूहलाई जसरी पनि हराउने गरी लागेकै कारण कांग्रेसले आफ्नो बहुमत मात्रै गुमाएन, संसद्मा दोस्रो ठूलो दल बन्न बाध्य भयो ।
नेकपाभित्र घरमा आगो लगाएर खरानीको व्यापार गर्ने सोच पलाएको यो घडी विगतमा आफूूले देखे÷भोगेका केही त्यागको याद आएको छ । ०४८ सालमा तत्कालीन नेकपा माक्र्सवादी र मालेको एकतापछि पहिलो आमनिर्वाचन हुँदै थियो । प्रजातन्त्रपछिको पहिलो निर्वाचन भएर होला आममानिसलाई यसले राम्रै तताएको थियो । पार्टीहरूले उम्मेदवारको लिस्ट सार्वजनिक गरिरहेका थिए । यसै मेलोमा गुल्मीका ३ सिटका लागि तत्कालीन नेकपा एमालेमा निर्वाचन क्षेत्र नम्बर १ बाट कमल श्रेष्ठ, २ बाट पार्टी महासचिव मदन भण्डारीले समेत आदर गर्ने संगठन विभाग प्रमुख जीवराज आश्रित र तिनबाट टोमलाल पाण्डेले टिकट पाए । तर, मनोनयन पत्र दाखिल गर्नु एक घण्टाअगाडि आश्रित कमरेडले मेरा पिताजी तथा ३ नम्बर निर्वाचन क्षेत्रका पार्टी उम्मेदवार टोमलाल पाण्डेलाई एकान्त लग्नुभयो । एकान्तमा लगे पनि उहाँले पिताजीसँग प्रस्ट कुरा राख्न सक्नुभएन ।
आफूले सम्मान गर्ने नेताले टाउको कन्याएको बुझ्न पिताजीलाई शायद अप्ठ्यारो परेन, उहाँले आश्रित कमरेडलाई प्रष्ट भनिदिनुभयो– कमरेड म तपाईंलाई अप्ठ्यारोमा पारेर उम्मेदवार बन्दिनँ, भन्नुस् कसलाई उठाउने सोच बनाउनुभएको छ ? म सहयोग गर्छु । त्यसपछि टंक पोखरेल उम्मेदवार बनाइनुभयो । सबै नेता दिलोज्यान दिएर खटिए । सिंगो लुम्बिनी अञ्चलभरि नवलपरासीबाट मझीलाल थारुथनेतबाहेक एमालेका कुनै उम्मेदवारले नजिते पनि पार्टीको अवस्था प्रष्ट भयो । आफूले समेत हारे पनि आश्रित कमरेडले पिताजीको चुनावी रणनीति र खटाइको खुलेर प्रशंसा गर्नुभयो । उहाँले यो विषय फेरि दोस्रोपटक कहिल्यै उठाउनुु भएन ।
पिताजीले जस्तो त्याग गर्ने धेरै नेता अहिले पनि नेकपाभित्र छन् । त्यो स्कुलिङ , त्यो त्याग र निष्ठा बोकेका कार्यकर्ता भएको पार्टीभित्र अन्तर्घात सुरु भएको विषय शुरुमा त पत्याउन कठिनै भयो । तर, सत्य तीतै थियो । जे देखियो त्यो सत्य थियो ।
अब यो सत्यमाथि बहस होइन निर्मम अपरेशन नगरे नेकपाको हैसियत पनि ०५१ को नेपाली कांग्रेसकोेजस्तो हुने पक्का छ । यसकारण नेतृत्वले आफूबाट गल्ती भएको भए सच्याउन र अन्तर्घातीमाथि निर्मम हुन जरुरी छ ।
राष्ट्रपति गलत ! उहाँमाथि खनिने तप्का चैँ के नि !
टिप्पणीहरू