भारतमा लोकप्रिय भए नेपाली रक्सी,मधेसबाट तस्करी
नेपालबाट भारततर्फ अवैध तवरले लैजाँदै गरिएको मदिराजन्य पदार्थ सुरक्षाकर्मीको समूहले फेला पारेको छ । झण्डै १३ लाख ३६ हजार रुपैयाँ बराबरको ती सामान पक्रिएको हो ।
रौतहटको परोहा नगरपालिका ७ तरकटिया हुँदै भारतीय जीपमा राखेर लैजान खोजिएका मदिरामा कस्तुरी ब्राण्डका ३० कार्टुन,टुबोर्ग बियर १ कार्टुन र बदाम डृन्क्स १ कार्टुन छन् ।
पक्राउपछि बुझाइएको उक्त मदिराजन्य पदार्थको भन्सार रकम १३ लाख ३६ हजार ७ सय २० रुपैयाँ मूल्याङ्कन गरिएको छ ।
ती सबै मदिराजन्य पदार्थ बीआरओ १ प ४६२९ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो जीपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा समातिएको हो ।


टिप्पणीहरू