काँग्रेसको अधिवेशन फेरि अड्कियो

काँग्रेसको अधिवेशन फेरि अड्कियो

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । आगामी माघ १५ गते हुने भनिएकोे अधिवेशन कोरोनाका कारण स्थगित भएको हो ।

काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको हो । माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

अब कोरोना महामारी सामान्य बनेपछि मात्रै नयाँ मिति तोकिने छ । काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन ।

टिप्पणीहरू