भिजिट भिसामा विदेश जान रोक लगाइयो
सरकारले भिजिट भिसामार्फत खाडी राष्ट्र र मलेसियाको भ्रमणमा जान रोक लगाएको छ । कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको र त्यहाँ पुगेका नेपालीहरु बिचल्लीमा परेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।
आज साँझ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि भिजिट भिसामा खाडी राष्ट्र र मलेसिया जान रोक लगाएको जनाइएको छ ।
कोभिड–१९ को ओमिक्रोन संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिँदै गैरहेको हुँदा विभिन्न उद्देश्यले खाडी राष्ट्रहरु र मलेसियामा गई बिचल्लीमा पर्ने गरेका गुनासा र समाचार प्राप्त भएकाले यस्तो निर्णय गर्नुपर्नेको गृहको भनाइ छ ।
टिप्पणीहरू