प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसियूमा लगियो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण देखिएको हो ।
उनको हाल मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार भईरहेको छ ।
केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । प्रचण्ड अहिले कोरोनामुक्त भई राजनीतिक कार्यमा सहभागी हुन थालिसक्नु भएको छ ।
टिप्पणीहरू