सुदूरपश्चिममा पनि ओमिक्रोन भेटियो

सुदूरपश्चिममा पनि ओमिक्रोन भेटियो

सुदूरपश्चिम प्रदेशमा चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कञ्चनपुरका दुई, बझाङका एक र डोटीका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका एक सय ४६ जनाको भेरिएन्ट जाँच गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्केका हुन् ।

अन्य एक सय ४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि भएकोे यो पहिलो पटक हो ।

टिप्पणीहरू