ताप्लेजुङमा धान उत्पादन बढेको सरकारी दाबी

ताप्लेजुङमा धान उत्पादन बढेको सरकारी दाबी

हिमाली जिल्ला ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । विगतका वर्षको तुलनामा यो वर्ष धान उत्पादन बढी भएको हो ।

जिल्लाको नौ वटा स्थानीय तहमा धान खेतीको निम्ति योग्य आठ हजार ७ सय ३७ हेक्टर क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । जसबाट २२ हजार १७ दशमलब २४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको हो ।

गत वर्ष आठ हजार ३ सय हेक्टर क्षेत्रफलमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जनाएको छ । तर, बजार र गाउँमा भारतबाट मगाइएको चामलको खपत विगतका वर्षदेखि बढ्दै गएको स्थानीय व्यापारीहरु बताउँछन् ।

टिप्पणीहरू