मास्क नलगाउनेलाई जरिवाना तिराइयो

मास्क नलगाउनेलाई जरिवाना तिराइयो

मकवानपुर जिल्लामा सार्वजनिक स्थलमा मास्क नलगाई हिड्नेलाई जरिवाना तिराउन थालिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराएको हो ।

मास्क नलगाई हिंडडुल गर्ने ५१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरेको कार्यालयले जनाएको छ । पटक-पटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाही स्वरुप जरिवाना गरिएको कार्यालयको भनाइ छ ।

माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । साथै, हेटौडामा प्रहरीले मास्क वितरण कार्यसमेत सुचारु गरेको छ ।

टिप्पणीहरू