पूर्वमा राई सूदुरमा पार्की विजयी
राष्ट्रियसभाको रिक्त १८ सीटमा आज भएको मतदानको अन्तिम परिणाम आएका स्थानमा सत्तारुढ गठवन्धनका उम्मेद्वारहरु विजयी भएका छन् ।
हालसम्म परिणाम सार्वजनिक भएका प्रदेशमा गठवन्धनका उम्मेद्वारहरु विजयी भएका हुन् । लुम्बिनी प्रदेशमा गठवन्धनका तीनै जना उम्मेद्वार विजयी भएका छन् । प्रदेश १ गठवन्धनकी जयन्ती राई र सुदूरपश्चिम प्रदेशमा जगत पार्कीले जितेका छन्।
महिलातर्फ विजयी राई नेकपा एकीकृत समाजवादीकी उम्मेदवार हुन् भने पार्की माओवादी केन्द्रका हुन् । राईले ४ हजार ६९२ मतभार ल्याउँदै एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीलाई हराइन् । भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।
उता, दलिततर्फबाट सूदुरपश्चिममा विजयी भएका माओवादीका पार्कीले प्रदेशबाट १८७२ तथा स्थानीय तहबाट १८९० मतभार पाएका छन् । उनका प्रतिष्पर्धी एमालेका नरेश विक भने प्रदेशबाट ५७६ तथा स्थानीय तहबाट १२०६ मतभार पाएका हुन् ।
राष्ट्रियसभामा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट तीन-तीन जना तथा मधेस र बाग्मती प्रदेशबाट दुई-दुई जना निर्वाचित हुनेछन् । साँझसम्म सबैतिरको अन्तिम परिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।
टिप्पणीहरू