गणतन्त्र दिवसमा दिइएको विभुषण किन बहिष्कार गरियो ?

गणतन्त्र दिवसमा दिइएको विभुषण किन बहिष्कार गरियो ?

भारतले हिजो बिहान ७३ औं गणतन्त्र दिवस मनाएको छ । राजधानी नयाँ दिल्लीको राजपथमा आयोजित भव्य समारोहमा भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगतयको उपस्थिति थियो । त्यहि समारोहमा विभिन्न ५१ जनालाई मान, पद्वी र अलंकारबाट विभुषित गराउन नाम पढेर सुनाइएको थियो । तर, केहीले भने उक्त विभुषण बहिष्कार गरिदिए ।

त्यसरी बष्हिकार गर्नेमा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री सीएम बुद्धभ भट्टाचार्य हुन् । आफूलाई पहिले जानकारी नगराइएको भन्दै उनले राष्ट्रपतिले वितरण गर्न लागेको विभुषण बहिष्कार गरिदिएका हुन् ।

हिजो बिहान २१ तोपको सलामीपछि आयोजित सैनिक परेड तथा झाँकीमा राष्ट्रपति रामनाथ कोभिनलाई सैनिक सम्मान दिइएको थियो । राष्ट्रगानसँगै राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो । तर ती सबै कार्यक्रम बिहान १० बजे गर्ने भनिए पनि आधा घण्टा ढिलो साढे १० बजे मात्र सुरु भएको हो ।

यसअघि राष्ट्रपतिले सम्मानस्वरुप दिइने जीवन रक्षक पदकको विभिन्न ५१ वटा सिरिजको स्वीकृति दिनुभएको हो । जसमा ६ जनालाई सर्वोत्तम जीवन रक्षक पदक, उत्तम जीवन रक्षक पदक १६ जनालाई र जीवन रक्षक पदक २९ जनालाई भनिएको हो । तीमध्ये ५ जनलाई मरणोपरोन्त सम्मान दिइएको थियो ।

भारतले हिजो सम्मान गरेकाहरुमा गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्तका सीईओ सत्य नाडेला, टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरण, कोभ्याक्सिन निर्माता भारत बायोटेकका कृष्ण एल्ला र सुचित्रा एल्ला तथा कोभिसिल्डका निर्माता सेरम इन्ष्टिच्युटका संस्थापक साइरस पुनावालालगायत छन् । यी सबैलाई भारतले व्यावसायिक क्षेत्रबाट छनौट गरेको हो ।

पद्यमश्री प्रदान गरिएकामा जगजित सिंह दर्दी, मुक्तमणि देवी, जापानका रियुको हिरा र रुपा एण्ड कम्पनीका प्रल्हाद राय अग्रवाल छन् ।

मरणोपरान्त पद्य विभुषण प्रदान गरिएकामा भारतका प्रथम चिफ अफ डिफेन्स स्टाफ विपिन रावत पनि हुन् । रावत अघिल्लो वर्ष भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटनामा परेर तलिनाडु राज्यको कुनुरमा मारिएका थिए ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/india-padma-award.pdf” title=”india padma award”]

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2022/01/india-bibhushan.pdf” title=”india bibhushan”]

टिप्पणीहरू