थिम्पुमा पनि लकडाउन
भुटानको राजधानी थिम्पुमा पनि लकडाउन गरिएको छ । अघिल्लो सातादेखि थालिएको निषेधाज्ञा यो साता पनि जारी छ ।
कोरोना संक्रमणका कारण लकडाउन गरिएको सामाजिक सञ्जालमा उल्लेख छ । पटक पटक लकडाउन गरिएका कारण अर्थतन्त्रमा असर पर्ने भन्दै विकल्प खोज्न स्थानीय पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् ।
भुटानमा हालसम्म ३ हजार ९ सय ५१ जना संक्रमित भएका छन् । तीमध्ये तीन जनाको ज्यान गएको छ । भुटानको जनसंख्या पुग नपुग आठ लाख छ । राजधानी थिम्पुको जनसंख्या मुश्किलले एक लाख रहेको बताइन्छ ।

टिप्पणीहरू