कानुनमन्त्रीलाई कोरोना लाग्यो

कानुनमन्त्रीलाई कोरोना लाग्यो

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना भएको छ ।

हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जनाएको छ । संक्रमण पुष्टि भएपछि मन्त्री बडु अहिले आइसोलेसनमा बस्नुभएको छ ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोरोना संक्रमण भएको थियो । उहाँ संक्रमणमुक्त भइसक्नुभएको छ ।

टिप्पणीहरू