राष्ट्रियसभा सोमबारलाई तोकियो

राष्ट्रियसभा सोमबारलाई तोकियो

राष्ट्रियसभाको बैठक आउँदो सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठक बोलाएको जानकारी दिएको हो ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले १७ माघ दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिए ।

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो ।

टिप्पणीहरू