भारतले हिजैको दिन किन रोज्यो ?

भारतले हिजैको दिन किन रोज्यो ?

आज जनवरी २७, २०२२ हो । हिजो भारतले ७३ औं गणतन्त्र दिवस मनायो । सरसर्ती हेर्दा भारतले गणतान्त्रिक संविधान जारी गरेको २६ जनवरी १९५० को दिनलाई गणतन्त्र दिवस मानेको भनिन्छ । तर, त्यसको पछाडिको कारण अरु धेरै भएको सन्दर्भ बताइन्छ ।

भारत बेलायती उपनिवेशबाट मुक्त भएपछि बनाइएको हस्तलिखित संविधानलाई त्यहाँको संसदले २६ नोभेम्बर १९४९ का दिन नै पारित गरेको थियो । तर, त्यहि संविधान दुइ महिनापछि मात्र कार्यान्वयनमा आएको हो ।

यसअघि सन् १९३० को जनवरी २६ का दिन भारतीय राष्ट्रिय काँग्रेसले बेलायती उपनिवेशको विरोध गर्दै स्वतन्त्र भारतको घोषणा गरेको थियो । उक्त घोषणाको व्यहोरा महात्मा गान्धीले लेखेका हुन् । उक्त घोषणा नयाँ दिल्ली वा कलकत्तामा भएको थिएन । भारतको पहिलो स्वतन्त्रता घोषणा लाहोरमा भएको हो ।

टिप्पणीहरू