जाने बेला खाने जुक्ति

जाने बेला खाने जुक्ति

सशस्त्र प्रहरीमा पनि त्यस्तै स्वार्थ, जस्तो सेनाभित्र प्रतिरक्षा विश्वविद्यालय र कमाण्डहरुका नाममा पूर्णचन्द्र थापाले पालेका थिए ।

आइतबार कार्यकालको अन्तिम २४ औं स्थापना दिवसमा आफैँले लेखेको सशस्त्र प्रहरी गान बजाएर छोरा सान्धियलाई मोडलिङ गराए । जसको म्युजिक भिडियो प्रधानमन्त्री शेरबहादुर देउवाबाट लोकार्पण गराइयो ।

सान्धिय उनै गायक हुन्, जसले माओवादी अध्यक्ष प्रचण्डकी नातिनी स्मितासँग ‘भुर्रभुर्र’ बोलको गीत पनि गाएका थिए । उक्त वार्षिकोत्वका अवसरमा आठमध्ये मधेशको २ बाहिनीका डिआइजी गणेश ठाडामगरले उत्कृष्ट पुरस्कार पाए ।

शैलेन्द्रको महत्वाकांक्षा कस्तो भने, नयाँ–नयाँ स्कुल र अस्पताल खोल्छु भनी घोषणा गर्ने र शिलान्यास गरेर आफ्नो नाम लेखाइहाल्ने ।

उनले प्रधानमन्त्रीको मुहार चहकिलो बनाउन उनकै क्षेत्र सुदूरपश्चिम र कर्णाली प्रदेशका निम्ति त्यस्ता परियोजनाको शिलान्यास गराउन खोजेका हुन् । तर यसनिम्ति श्रोतको सुनिश्चितता छैन, ती सबै काम भ्याउन कल्याणकारीको कोषले पुग्दैन ।

पदमा झण्डै ४ वर्ष रहुञ्जेल सिर्जनात्मक काम नगर्ने, घर बस्न अढाइ महिना बाँकी हुँदा पपुलिष्ट प्रचारबाजी गर्ने ! सशस्त्रले विदेश मिशनका लागि नेपाली सेनाबाट करोडौंको सामान किनेको छ ।

एपिसीसहितका ती सामान लामो समयदेखि बलम्बू र हल्चोकमा घाममा सेकाएर राखिएको छ । प्रयोगमै नआइकन खिया लागेर फ्याँक्ने बेला भइसक्यो । अब एक वर्षभित्र ती सामान पठाउन नसकिए खेर जान्छ । अहिले सशस्त्रको मिशन सुडानमा मात्रै छ ।

उता, सशस्त्रमा एआइजी थप्ने कुरा समिति बनेर बिस्तारै अघि बढ्दैछ ।

टिप्पणीहरू