मर्निङवाकमा निस्केकी रुपन्देहीकी बृद्धा तिनाउ नदीमा मृत फेला

मर्निङवाकमा निस्केकी रुपन्देहीकी बृद्धा तिनाउ नदीमा मृत फेला

रुपन्देहीको सैनामैना नगरपालिकाकी एक महिलाको शव पाल्पामा फेला परेको छ । सैनामैनाको मुर्गिया घर भएकी उनको शव हिजो साझ पाल्पाको तिनाउ नदिमा फेला परेको हो ।

सैनामैनाबाट बेपत्ता भएकी जितकुमारी कार्की (धना)को शव तिनाउ गाउँपालिका-३ मा रहेको विद्युत गृहको ड्याम नजिकै भेटिएको प्रहरीले बताएको छ ।

हिजो साँझ शव फेला परेपनि उनको आजमात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाले बताए । ७९ वर्षीया कार्कीको शव उनका छोरा चक्र बहादुर कार्कीले पहिचान गरेको प्रवक्ता पचभैयाको भनाई छ ।

मृतक धना माघ ७ गते मर्निङवाकका लागि घरबाट निस्केकी थिइन् ।

टिप्पणीहरू