मोडर्नाको खोप धमाधम नेपालमा

मोडर्नाको खोप धमाधम नेपालमा

सरकारले कोभ्याक्स सुविधामार्फत विश्व बैंकको सहयोगमा खरिद गरेको कोरोनाविरुद्धको मोडर्नाको खोप नेपाल आउने भएको छ । आगामी माघ १६ र १८ गते २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आउन लागेको हो ।

सरकारले माघ १५ देखि २० गतेसम्म यो खोप लगाउने तयारी गरेको थियो । १२–१७ वर्ष उमेर समूहकालाई पहिलो र दोस्रो मात्रा लगाइने खोपको पहिलो खेप गत मंगलबार नै आइसक्नुपर्नेमा विविध कारणले रोकिएको थियो ।

अब भने खोप नेपाल आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।हाल सरकारले १२–१७ वर्ष उमेर समूहकालाई फाइजर खोप पनि दिँदै आएको छ ।

टिप्पणीहरू