बाघको संख्या बढेपछि बर्दिया पुरस्कृत

बाघको संख्या बढेपछि बर्दिया पुरस्कृत

बर्दिया राष्ट्रिय निकुञ्ज विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ)बाट पुरस्कृत भएको छ । सन् २०१० यता जंगली बाघको संख्या दोब्बर बनाएपछि डब्ल्युडब्ल्युएफले निकुञ्जलाई पुरस्कार दिएको हो ।

बाघ संरक्षणमा उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिनेछ । खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ। यो पुरस्कार यसै वर्ष सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक शहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहमा प्रदान गरिने डब्ल्युडब्ल्युएफले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा ९० वटा पुगेको छ । वन्यजन्तु संरक्षण समाजको बाघ कार्यक्रम संयोजक डेल मिकेलले भने, ‘सरकारी र गैरसरकारी निकाय तथा स्थानीय समुदायहरू मिलेर काम गर्दा बाघ संरक्षणमा सफलता मिल्छ भन्ने उदाहरण बर्दिया राष्ट्रिय निकुञ्जले प्रस्तुत गरेको छ।’

नेपालका साथैका भारतको सत्य मंगलम टाइगर रिजर्भले पनि डब्ल्युडब्ल्युएफबाट पुरस्कार पाएको छ ।

टिप्पणीहरू