पाल्पा प्रशासनमा आजदेखि ताल्चा
जिल्ला प्रशासन कार्यालय पाल्पा एक हप्ता बन्द हुने भएको छ । त्यहाँ कार्यरत तीन जना कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि माघ २१ गतेसम्म कार्यालय बन्द गरिएको हो ।
नागरिकता विभागमा कार्यरत तिन जना कर्मचारीमा कोरोना देखिएपछि प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । कार्यालयका नियमित काम बन्द भएपनि अत्यावश्यक सेवा भने सूचारु हुनेछ ।
शान्ति, सुरक्षा, मुद्दा, विपत तथा महामारीजन्य सङ्कट व्यवस्थापनका कामबाहेक सबै सेवा आजदेखि माघ २१ गतेसम्म बन्द रहने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू