कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, यी हुन् सदस्य
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन गठन गरेको हो ।
काँग्रेस विधानमा कार्यसम्पादन समिति ४६ सदस्यीय हुने जना व्यवस्था छ । जसमध्ये ९ जना पछि मनोनित गर्ने गरि आज ३७ जना नियुक्त भएका हुन् ।
विधानमा केन्द्रीय पदाधिकारी र प्रवक्ता कार्यसम्पादन समितिमा स्वतः रहने व्यवस्था गरको छ । पदाधिकारीमध्ये कोषाध्यक्ष र प्रवक्ताको मनोनयन हुन बाँकी रहेको छ । पदाधिकारीबाहेक कार्यसम्पादन समितिमा बाँकी ३१ जना केन्द्रीय सदस्य रहने छन् ।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला पनि समितिमा समेटिएका छन् ।
कार्यसम्पादन समितिमा बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादनमा नियुक्त भएका छन् ।
टिप्पणीहरू