होण्डुरसमा पहिलो महिला राष्ट्रपति

होण्डुरसमा पहिलो महिला राष्ट्रपति

दक्षिण अमेरिकी मुलुक होण्डुरसमा पहिलो महिला राष्ट्रपतिले शपथ ग्रहण गरेकी छन् । प्रजातान्त्रिक समाजवादी पार्टीको उम्मेदवार बनेकी कास्त्रोले अत्यधिक बहुमतले राष्ट्रपतीय निर्वाचन जितेकी हुन् ।

मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने, गरिवी निवारण गर्ने र गर्भपतन सम्बन्धी कानुनलाई थप लचिलो बनाउने नाराका साथ निर्वाचनमा होमिएकी उनले अत्यधिक बहुमत ल्याएकी हुन् । ‘स्वतन्त्र भएको दुई सय वर्षपछि बल्ल मुलुकले महिला राष्ट्रपति पाएको छ,’ उनले शपथ ग्रहणपछि बोल्दै भनिन् ।

उनको पार्टी फ्रिडम तथा रिफाउण्डेशनले निवर्तमान राष्ट्रपति ओर्लाण्डो हर्नाण्डेजको नेशनल पार्टीलाई हराएको हो । उनले प्राप्त गरेको १७ लाख भोट निर्वाचन प्रणालीअनुसार त्यहाँको ५१ प्रतिशत बढी हो ।

कास्त्रो पूर्व राष्ट्रपति मानुएल जेलाएकी श्रीमती तथा पूर्व प्रथम महिला पनि हुन् । ६२ वर्षीया कास्त्रोका श्रीमान तथा पूर्व राष्ट्रपति जेलाए सन् २००९ मा भएको सैनिक ‘कू’ पछि सत्ताबाट हटाइएका थिए ।

टिप्पणीहरू