स्थानीय तहको चुनाव जेठमा गर्ने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनका दलहरु आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । बालुवाटारमा भर्खरै सम्पन्न गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्र चुनाव गर्नेगरी मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको हो ।
गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताउनुभयो । उहाँका अनुसार अब सरकारले निर्वाचन आयोगसँग छलफल गरेर चुनावको मिति तोक्ने छ ।
टिप्पणीहरू