विदेश जानेहरुले उजुर हाल्ने ठाउँ

विदेश जानेहरुले उजुर हाल्ने ठाउँ

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा गएकाको गुनासो सुन्न कल सेन्टरको स्थापना गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपालीहरुलाई गैरकानुनी रुपमा विभिन्न देशमा पुर्याएर अलपत्र पार्ने कार्य बढेपछि मन्त्रालयले कल सेन्टर स्थापना गरेको हो ।

पछिल्लो समय रोजगारीको प्रलोभनमा पारेर पर्यटन तथा अन्य भीसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपूर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पुर्याइएका नेपालीहरु अलपत्र परेको खबर सार्वजनिक भैरहेका छन् ।

मन्त्रालयले त्यसरी अलपत्र परेकाहरुको अप्ठ्यारोबारे जानकारी लिएर उद्धार गर्न कल सेन्टर स्थापना गरेको हो । कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले बताइएको छ ।

आएका समस्या तथा गुनासोलाई प्राथमिकताका आधारमा समाधान गरिने र सेवाग्राहीलाई गुनासो सुनुवाइको अवस्थाबारे जानकारी दिइने जनाइएको छ ।

यससम्बन्धी सेवा लिनको लागि मन्त्रीको सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सम्पर्क गरी गुनासो र समस्या टिपाउन सकिनेछ ।

टिप्पणीहरू